१९ कार्तिक २०८३, बिहिबार

राजनीतिमा महिला सहभागिता बढदो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । राजनीतिमा महिला सहभागिता प्रति चासो बढदै गएको अध्ययनले देखाएको छ ।

जागरण नेपालद्धारा बिभिन्न जिल्लामा संचालित महिला बिशेष गरी सीमान्तकृत समुदायको स्थानीय सुशासन, निर्बाचन, निर्णायक तह र राजनीतिमा सहभागिता परियोजनाको उपलब्धिबारे जानकारी गराउन बुधबार राजधानीमा आयोजित कार्यक्रममा राजनीतिमा महिला सभागिता उतसाहजनक रुपमा बढेको बताइएको छ ।

केन्द्रदेखि स्थानीय तह सम्म राजनीति लगायत अन्य निकायमा महिला सहभागिता प्रति चासो बढेको तर बिभिन्न चुनौति र ब्यबस्थाका कारण पर्याप्त अबसर भने नपाएको अध्ययनले निष्कर्ष निकालेको छ ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाबिस, टोलसुधार समिति, उपभोक्ता समिति लगायतका बिभिन्न ठाउमा पनि महिलाको सहभागिता बिगतको तुलनामा उत्साहजनक रुपमा बढेको तर स्थानीय निकायको निर्बाचन समय समयमा भएको भए धेरै महिलाहरु स्थानीय निकायका जिम्मेबार ठाउमा निर्णायक सहभागिता हुने थियो भनिएको छ ।

जागरण नेपालकी अध्यक्ष सम्झना पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमा बरिष्ठ महिला अधिकारकर्मी शर्मिला कार्की, निर्बाचन आयोगक सचिब गोपीनाथ मैनाली, उधोग मन्त्रालयका सहसचिब यमकुमारी खतिबडा, नेपाली काग्रेसकी नेतृ कमला पन्त, नेकपा एमालेकी नेतृ सीता पौडेल, नेकपा माओबादीकी नेतृ दामा शर्मा, तमलोपाकी नेतृ चन्दा चौधरी, कार्यक्रम संयोजक मीना बिष्ट, दीपक बस्याल, नेकपा मालेकी नेतृ जनक कुमारी चालिसे, बरिष्ठ पत्रकार एवं परियोजना सल्लाहकार टंक पन्त, मेन एञ्गेज एलायन्सका संयोजक कृष्ण थापाले बिभिन्न जिल्लामा महिलाहरु नागरिकता बनाउन, अन्य निकायका जिम्मेबार ठाउमा महिलाहरुको सक्रियता मात्रै होइन सहभागिताका लागि नै चासो बढेको बताएका छन् ।

महिलाहरुलाई सशक्तिकरण गर्ने, घुम्तो ओढेर घरबाटै निस्कन नखोज्नेहरुलाई परियोजनाले बनाएको , राज्य र राजनीतिक दलका नीति तथा कार्यक्रममा लैगिक समानता बढाउन सहयोग पु-याएको , केन्द्र देखि ग्रामीण तहमा सचार माध्यमहरुमा महिलाको उपस्थिति पनि बढदै गएको बताइएको छ ।

महिला अधिकार , शान्ति र सुशासनका लागि क्रियाशील जागरण नेपालले राज्यका केन्द्र देखि स्थानीय निकायका जिम्मेबार पक्ष र राजनीतिक दलसंग समन्वय र सहभागिताका आधारमा सचेतनामुलक कार्यक्रम सचालन गरेको सस्थापक अध्यक्ष शर्मिला कार्कीले बताउनुभएको छ ।