काठमाडौं । डाक्टर देवी नेपालको छन्द पराग आज अनौठो पाराले सार्वजनिकरण गरियो ।
न कुुनै ब्यानर थियो । न कुनै समिक्षक । न कुुनै प्रमुुखअतिथि वा न अतिथि नै ।
घोष्ट राईटिंग नेपालले चलाएको सिर्जनात्मक लेखन प्रशिक्षण कक्षामा कवि नेपालले घोष्ट राईटिंग नेपालका अध्यक्ष कमल ढकाललाई आफनो कृतिको पहिलो कपि हस्तान्तरण गरेर कृति सबैको लागि सार्वजनिक भएको घोषणा गरे ।
आफुले घोष्टराईटिंग नेपालको यो कक्षा नेपाली साहित्य सिक्न सक्ने मानक मानेको भन्दै भने “टयुुबेलमा पानी दिनभर तान्दा पनि आउदैन, तर एक लोटा पानी हालेपछि पानी आउछ नेपाली साहित्यमा यो कक्षाले त्यहि एक लोटा पानीको काम गरेको छ भोलीको साहित्यको महारथि निक्लन सक्ने यो कक्षामा यो कृति सार्वजनिकिकरण गर्दा म हर्षित छुु । ।”
कार्यक्रममा घोष्ट राईटिंगका अध्यक्ष कमल ढकालले नेपाली साहित्य क्षेत्रको नविनतम कक्षामा आएर कृति सार्वजनिकिकरण यो पहिलो पल्ट भएकोले यसले आफुलाई उत्साहित बनाएको बताए ।
बिहानीको चिसो जाडोमा सुुरु भएको सिर्जनात्मक लेखनको नवौ ब्याचमा कृति सार्वजनिकिकरण हुनु नवौ ब्याचको लागि उत्साहजनक र तातो कुरा भएको उनले बताए । छन्द पराग कवित लेख्ने क्याप्सुुल भएको र यो क्याप्सुुल ल्याईदिएकोमा कवि नेपाललाई बधाई पनि दिए ।
छन्द परागमा लघुु रुप हाईकु, ताङ्का, सोदोका, छोक, एलाक, मुुक्तक, रुवाईयात, लोकपद्य, कवित्, कुुटपद्य, सायरी, दोहा, सोरठा, चौपाई, आल्हा, पुुरबी, केस्रा, खिचडी लगायतको ब्याख्या गरेको र लेख्ने तरिका सिकाएको छ । साथै कविताको मध्यमरुप खन्डकाब्य र वृहतरुप महाकाब्य सहितका साह्रै घतलाग्दा उदाहण सहितको ब्याख्या गरिएको छ । पुुस्तक ऐरावति प्रकाशनले छापेको हो ।















प्रतिक्रिया