३ कार्तिक २०८३, मंगलबार

‘सरकारले ११ हजार युवालाई रोजगार दिँदै’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

udyoge-ministry

काठमाडौँ, २८ मङ्सिर । उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले एघार हजार बेरोजगार युवालाई सरकारले रोजगारको वातावरण सिर्जना गर्न लागेको बताउनुभएको छ ।

नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिकोत्सव तथा पाँचौ हस्तकला दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा उहाँले विदेशीएका युवा जनशक्ति रोक्नका लागि सरकारले उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न सीपमूलक प्रशिक्षण अभियान चलाएको बताउनुभयो ।

“महासङ्घले आगामी दिनमा हस्तकलाका कामलाई गाउँमुखी बनाउँदै लैजानुपर्छ”–राज्यमन्त्री वादेले भन्नुभयो – नेपालको अर्थतन्त्रमा नेपाली हस्तकलाले ठूलो भूमिका खेलेको छ ।

महासङ्घका अध्यक्ष धर्मराज शाक्यले हस्तकला व्यवसाय नेपलको पहिचान बोक्ने क्षेत्र भएकाले यस व्यवसायको विकास, विस्तार र प्रवद्र्धनमा सरकारले यथोचित सहयोग गर्नुपर्ने बताउँदै हस्तकला क्षेत्रले रोजगारी प्रवद्र्धनका साथै गरिबी न्यूनीकरणमा ठूलो सहयोग पु¥याएको छ भन्नुभयो ।

सो अवसरमा परम्परागत हस्तकलाका वस्तु एवम् १२ औं हस्तकला प्रतियोगिताका सहभागी कलाकारबाट तयार गरिएका सामग्रीको प्रदर्शन गरिएको थियो । रासस