वाशिंगटन डीसी । डीसी महानगर क्षेत्रमा बसोबास गर्ने भूतपूर्व सितेरियो खेलाडी हाल अमेरिकन मारिन गोजु कराते दुई डान उज्जवल ठकुरी अमेरिका गट ट्यालेन्टमा जाने तैयारीमा जुटेका छन् ।
नेपाल र नेपालीको नाम उच्च राख्ने हेतुले नेपाली समुदायको शुभेक्षा, हौशला, समर्थन तथा आशीर्बाद लिने उदेश्यले गत दिसम्बर ११ तारीख बाल्टीमोरमा एक पत्रकार भेटघाट कार्यक्रम संपन्न गरेका छन ।
उनले कसरी आफूले अमेरिका गट ट्यालेन्टमा गिनीज पुस्तकको लागि भिडियो पठाएको र पत्राचार गरेको बारेमा उनले जानकरी गराएका छन् ।
ठकुरी आगामी जनवरी १४ तारीखमा अमेरिकाको फिलाडेल्फियामाँ १२ औ सत्रको लागि आमंत्रित भएका छन् । समय ६ बजेर ३० मिनट मा पुग्नु पर्ने भनी पत्रमा तोकेको छ ।
ठकुरीले त्यहा राम्रो प्रदर्शन गरे भने उनीले अमेरिका गट ट्यालेन्टमा प्रत्यक्ष प्रसारण मा भाग लीन पाउने छन । अमेरिका गट ट्यालेन्टमा संभवत ठकुरी अहिले सम्मको जानकारी अनुसार नेपाली मूलका पहिला ब्यक्ति पनि हुने छन ।
















प्रतिक्रिया