३१ आश्विन २०८३, शनिबार

नेजसमा दुई केन्द्रीय सदस्य नियुक्तिपछि बिबाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1481554453_untitled-1टेक्सस । नेपाली जन सम्पर्क समिति (नेजस) अमेरिकामा दुई जना केन्द्रीय सदस्य नियुक्तिसँगै पुनः विवाद उत्पन्न भएको छ ।

समिति सभापति आनन्द विष्टले आइतबार गौतम दाहाल र गोविन्द लम्साललाई केन्द्रीय सदस्यमा नियुक्त गरेपछि बिबादले उग्ररुप लिएको हो । केन्द्रीय सदस्य रिक्त पदमा विष्टले दुई जनालाई नियुक्त गरेका हुन् ।

यो नियुक्तिमा आपत्ति जनाउँदै समितिका बरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसीले यो आफूले सुरु गरेको सहमति प्रयास विपरीत रहेको जनाएका छन् ।

‘नेजस अमेरिका जस्तो संस्थाको सभापतिमा देखिएको संकिर्ण सोँच र गैर सांगठनिक क्षमताको चपेटामा संस्था परेको छ’, केसीले विज्ञप्तिमा भनेका छन् ।

उनले विज्ञप्तिमा आफूलाई सहयोग गर्नेलाई काखी च्याप्ने र जायज मागमा अडिक रहेनलाई बाइपास गर्ने उहाँको खराब कार्यशैलीका कारण सिङ्गो कार्यसमिति उहाँप्रति रुष्ट भएको उल्लेख गरेका छन् ।