काठमाडौं, २७ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल र निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।
काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा जारी बैठकमा मुलुकको समग्र राजनीतिक विषयमा समीक्षा हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
‘अहिलेको राजनीतिक अवस्था, पार्टी संगठन र जिम्मेवारी आदिका विषयमा छलफल हुनेछ’, उनले भने, ‘बैठकले केही महत्वपूर्ण निर्णय पनि लिन सक्छ ।’
दुई राप्रपाको एकीकरणसँगै पार्टी सदस्यता लिनेहरूको लहरबाट उत्साहित बनेको राप्रपाले सदस्यता वितरणलाई महत्वका साथ लिने जनाइ सकेको छ ।
आजैमात्र राप्रपाका अध्यक्ष कमल थापाले माओवादी केन्द्रकी नेतृ एवम् नायिका रेखा थापा र उनी आमा सरस्वती थापालाई सदस्यता दिएर पार्टीमा भित्र्याएका थिए ।















प्रतिक्रिया