काठमाडौं । ‘गुगल ब्वाई’ आदित्य दाहालले जीवनमै पहिलोपटक फिल्म हेरेका छन् ।
उनले चर्चित हास्य टेलिश्रृखला ‘तितो सत्य’का प्रमुख कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा’ हेरेका हुन् ।
आदित्यले आइतबार साँझ कमलपोखरीमा रहेको बिग मुभिजमा निर्देशक दिपाश्री निरौला र अभिनेता दिपकराज गिरीसँग बसेर ‘छक्का पञ्जा’ हेरेको बताइएको छ ।
‘गुगल ब्वाई’ आदित्य आफैंले इच्छा व्यक्त गरेर ‘छक्का पञ्जा’ हेर्न आएको निर्माता दीपकराज गिरीले जानकारी दिएका छन् । फिल्म हेरेपछि उनले आफूहरुलाई आशिर्वाद दिएको निर्देशक दिपाश्री निरौलाले बताइन् ।
बोल्न नसक्ने आदित्यमा अस्वभाविक बौद्धिक क्षमता रहेको बताइन्छ ।
आफ्नो फिल्म हेर्न ‘गुगल ब्वाई’ आदित्य आएपछि दीपकराज गिरीले फेसबुकमा लेखेका छन्- ‘हिजो गुगल ब्वाइले “छक्का पन्जा“ हेर्नु भो । उहाँले आफैले चलचित्र हेर्ने इच्छा प्रकट गर्नु भाको रे । र रोचक कुरा उहाँको जीबनको यो पहिलो फिल्म पनि हो रे । चलचित्र जगतमा भएको चमत्कारिक सफलता हेर्न अर्को चमत्कारिक बालक आउनु भो…..!!!’
















प्रतिक्रिया