२ कार्तिक २०८३, सोमबार

रेखा थापा राप्रपा प्रवेश गर्दा प्रचण्ड र कमल थापालाई दीपकराज गिरीको अनौठो सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepakraj-giri-rekha-thapa

काठमाडौं । कलाकार दीपकराज गिरीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपा अध्यक्ष कमल थापालाई मननयोग्य सुझाव दिएका छन् ।

नायिका रेखा थापा प्रचण्डलाई छाडेर माओवादी केन्द्रबाट कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका बेला दीपकराज गिरीले कलाकारलाई आफ्नो नसम्झन दलहरुलाई सुझाव दिएका हुन् ।

‘हामी कलाकारको एउटै फिल्ममा झुन्डिएर बस्ने बानी नै हुँदैन् । जम्मा ३० दिनको एग्रिमेन्ट हुन्छ,’ दीपकले व्यंग्य हान्दै फेसबुकमा लेखेका छन्– ‘त्यो एग्रिमेन्ट खत्तम अर्कों फिल्मको सुटिंग सुरू….. कुरो क्लिएर छ… फिल्म चेन्ज, हिरो चेन्ज । त्यसैगरी राजनीतिमा अब फिल्म ‘माओबादी’को ठाउँमा फिल्म ‘राप्रपा’ । हिरो प्रचण्डको ठाउँमा हिरो कमल थापा ।’

दीपकले अब दलहरूले बिचार गर्नुपर्छ भन्दै टिका लगाउनेहरूलाई आफ्नो नसम्झन सुझाव दिएका छन् । ‘टिक्नेहरूलाई आफ्नो सम्झ… । हामी त कलाकार जतातिर लाइटिंग उतैतिर फाइटिंग ।’