१ कार्तिक २०८३, आइतबार

रेखाको माओवादी बहिर्गमनमा दीपकको यसरी आयो टिप्पणी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak-giriकाठमाडौं । अभिनेता दीपकराज गिरीले रेखा थापाद्वारा माउ पार्टी माओवादी केन्द्र परित्यागका विषयमा कडा आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अभिनेता गिरीले ‘रेखाजी राप्रपामा जाने रे … यो समाचार सुनेर म त खुशी भए…’ भनेर टिप्पणी गरेका छन् ।

‘हामी कलाकार एउटै फिल्ममा झुन्डिएर बस्ने बानि नै हुँदैन’, उनले भनेका छन्, ‘जम्मा ३० दिनको फिल्म शूटिङ हुन्छ । त्यो खत्तम अर्कों फिल्मको शूटिंग सुरू…..कुरो क्लिएर छ…फिल्म चेन्ज, हिरो चेन्ज ।’

रेखा थापाप्रति ब्याङ्ग्य गर्दै उनले भनेका छन्, ‘फिल्म ‘माओवादी’को ठाउँमा फिल्म ‘राप्रपा’ हिरो प्रचण्डको ठाउँमा हिरो कमल थापा । दलहरूले बिचार गर्नु पर्छ टीका लगाउनेहरूलाई आफ्नो नसम्झ । टिक्नेहरूलाई आफ्नो सम्झ…।’

माओवादी कुनै बेला चर्चामा रहेका बेला रेखा थापा सो पार्टीमा आबद्ध भएकी थिइन् । अहिले भने उनले माओवादीलाई छाडेर राप्रपामा प्रवेश गर्दैछिन् ।

………………………

रेखाजी राप्रपा मा जाने रे … यो समाचार सुनेर म त खुशि भए
हामि कलाकार एउटै फिल्म मा झुन्डिएर बस्ने बानि नै हूदैन
जन्मा ३० दिनको agreement हुन्छ
त्यो agreement खत्तम अर्कों फिल्मको सुटिग सुरू….. कुरो क्लिएर छ ……….फिल्म चेन्ज , हिरो चेन्ज
फिल्म” माओबादी” को ठॉउमा फिल्म “राप्रपा”
हिरो प्रचन्डको ठॉउमा हिरो कमल थापा
दलहरूले बिचार गर्नु पर्छ टिका लगाउनेहरू लाइ आफ्नो नसम्झ
टिक्नेहरू लाइ आफ्नो सम्झ……
हामि त कलाकार
जतातिर lighting , उतैतिर fighting