३ कार्तिक २०८३, मंगलबार

खोलाबाट अवैधरुपमा सामग्री निकासी गर्ने निर्माण सेवालाई रु ६५ लाख जरिवाना

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisaकावासोती, २७ मंसिर । नवलपरासीको कावासोतीस्थित केरुङ खोलाबाट स्टक सामग्री भन्दै ‘अवैध’ रुपमा खोलाजन्य सामग्री निकासी गर्दै आएको सवृद्धि निर्माण सेवालाई रु ६५ लाख जरिवाना गर्ने जिल्ला अनुगमन समितिले निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको अनुगमन समितिले अहिलेसम्मको खोलाको दोहनको प्राविधिक मूल्याङ्कनका आधारमा उक्त जरिवाना गरेको हो ।

खोलाको प्राविधिक मूल्याङ्कनमा १६ लाख २५ हजार घनफिट खोलाजन्य सामग्रीको अवैधरुपमा निकासी भएको प्रतिवेदन जिल्ला अनुगमन समितिले तयार गरेको थियो ।

प्रतिघनफिट रु चार दररेटका आधारमा जरिवाना गरिएको स्थानीय विकास अधिकारी एवम् अनुगमन समितिका सदस्य सचिव जीवलाल भुसालले बताउनुभयो ।

एक हप्ता अगाडि जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना र स्थानीय विकास अधिकारी जीवलाल भुसालले स्थानीय गुनासो र राजनीतिक दलको समेत व्यापक गुनासो आएकाले पहिलो काम अवैध खोलाजन्य निकासी रोक्नमा सक्रियता देखाउनु भएको थियो । रासस