३ कार्तिक २०८३, मंगलबार

जेसीवी कम्पनीको दाङमा सर्भिस सेवा कमजोर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

web-backhoe-loaderघोराही, २७ मंसिर । लोडर कम्पनी जेसीवीको दाङस्थित कार्यालयको सर्भिस सेवालाई लिएर चौतर्फीरुपमा आलोचना भएको छ ।

जेसीवीले विक्रीपछि दिने भनिएको सर्भिस साह्रै कमजोर रहेको भन्दै सेवाग्राहीहरुले सेवालाई विशेष ध्यान दिन सुझाव दिएका छन् । जेसीवीकोे विक्री राम्रो भएपनि सर्भिस अत्यन्त ढिला र सुस्तगतिमा रहेको जनाउदै सेवाग्राहीहरुले आपत्ति जनाएका हुन् ।

सर्भिसको विषयलाई लिएर पटक–पटक कम्पनीको जिल्लास्थित कार्यालयमा ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाई नभएको भन्दै सेवाग्राहीले कम्पनीले विक्रीपछिको सर्भिस सेवालाई स्थानीयस्तरमा सहजरुपमा दिने प्रतिवद्धताको माग गरे ।

जेसीवी मेसिन विक्रीलाई मात्रै कम्पनीले ध्यान दिएपछि दाङका धेरैजसो सेवाग्राहीहरु सर्भिस नपाएर मर्कामा परेका हुन् ।