काठमाडौं । गीतसंगीत विना मानिस टाढा रहन सक्दैन् । हिजो आज नेपाली सांगीतिक दुनियाँमा आफ्नो प्रस्तुती गर्न होडबाजी नै चलिरहेको छ । यसै होडमा सरस्वती लामा पनि अग्रसर भएकी छिन् ।
गत शुक्रबार राजधानीमा आयोजित एक समारोहकोविच उनको दोस्रो एल्बम ‘उर्वसी’ सार्वजनिक भएको हो । प्रमुख अतिथि पूर्व राजदुत डा.गणेश योन्जनले सार्वजनिक गर्दै लामाको सांगीतिक यात्रा कामना गर्दै यो एल्बमलाई सवैले माया गर्ने बिश्वस्त रहेको बताए ।
एल्बमको शीर्ष गीत ‘उर्वसी’ को शब्दरचना कृष्ण केसीले गरेका छन् । सो गीतमा बसन्त सापकोटाले संगीत दिएका छन् । यसैगरी, एल्बमको खाली छ खाली छ… गीतमा नरेश भटट्टराईको शब्द र संगीत हरि लम्सालको छ । कुर्ता सुरवाल लाउँकी… भन्ने बोलको गीतमा डिम्पल लिम्बूको शब्द र शान्तिराम राईले संगीत भरेका हुन् ।
भादगाउँले टोपीको… शब्द र संगीत दुवै बसन्त सापकोटाले गरेका हुन् भने प्रस्तुत भिडियो ‘यो छोरीलाई … को शब्द भीम राई र संगीत स्पंदन राईले गरेका हुन् । यसैगरी यो एल्बमको संगीत एरेन्जर क्रमश ः राजिब शाह, बुद्ध स्याङबा तामाङ, राजा निशान, धिरज श्रेष्ठ र सहास शाहले गरेका हुन् । आफ्नो अघिल्लो एल्बम ‘उत्तर–पूर्व’का का गीत जस्तै ‘उर्वसी’लाई पनि श्रोता तथा दर्शकले रुचाउनेमा सरस्वती विश्वस्त छिन् ।
‘निकै मिहिनेत गरेर यो एल्बम तयार गरेकी हुँ’ उनले भनिन्, ‘एल्बममा सबै प्रकारका गीत समेट्न प्रयास गरेकी छु ।’ एकताका निकै चर्चित ‘उडि जाने हावाले’ बोलको आफ्नो गीतको भिडियोमा आइटम नम्बर दिएर एक कुसल नृत्यांगनाको समेत परिचय बनाएकी हुन्, सरस्वतीले ।
















प्रतिक्रिया