१ कार्तिक २०८३, आइतबार

चीनले मंगोलियामाथि लगायो नाकाबन्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-mangolia-border

काठमाडौं, २६ मंसिर । चीनले मंगोलियामाथि ‘नाकाबन्दी’ लगाएको छ ।

तिब्बती धर्मगुरु दलाई लामालाई मंगोलिया भ्रमण गर्न दिएको विरोधमा चीनले यस्तो कदम चालेको हो । लामा एक साताअघि मंगोलिया भ्रमणमा गएका थिए ।

आम नेपाली जनताले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी नभुलेका बेला चीनको यो कदमले नेपालीहरुलाई अझै नाकाबन्दीको स्मरण गराइदिएको छ ।

समाचार संस्था अलजाजिराका अनुसार चीनको सीमा क्षेत्रबाट मंगोलिया जाने गान्ट मोड क्रशिङमा सयौंको संख्यामा मालबाहक ट्रकहरु रोकिएका छन् ।

र, मंगोलियाको सीमा क्षेत्रमा पनि सयौं सवारी साधन र मालबाहक ट्रक रोकिएका छन् ।

dalai-lama-mangolia

चीनले लामालाई पृथकतावादी भन्दै अन्तर्राष्ट्रिय जगतमा प्रतिबन्ध लगाउँदै आएको छ ।

लामा यसअघि भारतको अरुणाञ्चल प्रदेशको भ्रमणमा गएका थिए । त्यसबेला पनि चीनले आपत्ति जनाएको थियो । समाचारमा यो पनि भनिएको छ कि लामाको मंगोलिया भ्रमणमा भारतको सहयोगी भुमिका छ ।