काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यबीच भेट बार्ता भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको हो । भेटका क्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले प्रधानमन्त्री दाहाललाई ६२ औं जन्मदिनको शुभकामना व्यक्त गरेको जारी प्रेस नोटमा उल्लेख छ ।
सो अवसरमा प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिनुका साथै नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे अवगत गराएको जनाइएको छ ।











प्रतिक्रिया