न्यूयोर्क । नेपाली लोक दोहोरी क्षेत्रमा स्टेज तताउन माहिर मानिएकी गायिका संगीता थापाले यतिबेला देशभक्तिको गीत लिएर बजारमा आएकी छन् ।
बिगत केही वर्षदेखि अमेरिकामा बस्दै आएकी थापाले म त नेपाली मेरो देश नेपाल भन्ने बोलको राष्ट्रिय गीत रेकर्ड गराएकी छिन् ।
यतिबेला नेपालीहरुमा राष्ट्रियताको मोहभन्दा पनि ब्यक्तिवादी मोह हाबी हुन लागेको देखेर अमेरिकाबाट आफू राष्ट्रिय गीत लिएर आएको बताएकी छन् ।
हाल कोरियामा बस्दै आएका सिपी मगर र अमेरिकामा रहेकी गायिका थापाले बिदेशमा बस्दा देखेका र बिदेशमा बस्नेहरुले देशलाई गरेको मायालाई गितमा समेटेका छन् ।
मर्गस क्रियसनले निर्माण गरेको भिडियोमा राष्ट्रियता झल्काउदै गायिका थापा आफैले अभिनय पनि गरेकी छन् ।
दर्शकहरुको माया पाएमा आगामी दिनमा लोक गितका साथै राष्ट्रिय गीतहरुलाई पनि निरन्तरता दिने थापाले जनाएकी छन् । थापाले यसअघि नै दुई दर्जनभन्दा धेरै गीतहरुमा स्वर दिएकी छन् ।















प्रतिक्रिया