४ मंसिर २०८३, शुक्रबार

अब एमालेको सदस्यता लिन लिखित परीक्षा दिनुपर्ने, चितवनबाट भयो सुरुवात

97.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-school-3

चितवन, २५ मङिसर । व्यवस्थापिका संसदको दोस्रो ठूलो दल नेकपा एमालेले नेपालमै पहिलोपटक पार्टीको सदस्यता लिन अनिवार्य परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ ।

यसको सुरुआत चितवनबाट हुन लागेको छ । चितवनमा आइतबार एमालेले पार्टी सदस्यताका लागि परीक्षा लिने भएको छ ।

नेकपा एमाले चितवनले आज भरतपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेले सदस्यताका लागि परीक्षा लिने व्यवस्था गरेको भन्दै यसको सुरुआत चितवनबाट हुनलागेको जानकारी दिनुभयो ।

uml-school-2

कम्युनिष्ट पार्टीको न्यूनतम विचारधारा र सिद्धान्त बुझेका मान्छे पार्टीमा आवश्यक भएकाले परीक्षाको थालनी गरेको र यसलाई देशभरी नै अभियानको रुपमा लैजाने उहाँले बताउनुभयो ।

सो अबसरमा एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले एमालेको विधानअनुसार सदस्यताका लागि परीक्षा लिन लागेको चितवन जिल्ला पहिलो भएको दाबी गर्नुभयो ।

uml-school-1

परीक्षाका लागि एक हजार ४०० भन्दा बढीले नाम दर्ता गराएकोे पनि उहाँले जानकारी गराउनुभयो । लिखित रुपमै वस्तुगत प्रश्नपत्र बनाइएको एमाले चितवनले जनाएको छ ।

कार्यकर्ता पढाउन स्कुल पनि सञ्चालन

uml-school

यसअघि एमालेले कार्यकर्ता पढाउन ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा स्कुल समेत खोलिसकेको छ । जहाँ नियमित पढाई हुन्छ । नेताहरु कापी कलम लिएर दिनदिनै पढ्छन् । शीर्ष नेताहरुले क्लास दिने गर्छन् ।

नेता कार्यकर्ताहरुले समेत पठनपाठनमा ध्यान नदिएको गुनासो आएपछि एमालेको नवौं महाधिवेशनले नियमित रुपमा पार्टी स्कुल सञ्चालन गर्ने निर्णय गरेको र त्यसैअनुसार साउन महिनादेखि पार्टीको स्कुल विभागले एमालेका नेता कार्यकर्तालाई पढाउन थालेको स्कुल विभागका उपप्रमुख तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिनुभयो ।

‘नेता कार्यकर्ताहरुमा पठन संस्कृतिको विकास गर्न र हरेक विषयमा अपडेट रहन कक्षा सञ्चालन गरिएको हो,’ उहाँले भन्नुभयो ।

दलहरुको ध्यान संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्छ: उपाध्यक्ष शाक्य

asta-laxmi-shakya

पत्रकार सम्मेलनमा उपाध्यक्ष शाक्यले संविधान कार्यान्वयनमा दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाउनुभयो ।

उपाध्यक्ष शाक्यले संविधान विपरित संशोधन प्रस्ताव ल्याएर सरकारले बखेडा निकालेको बताउँदै ‘साँच्चिकै नै देश सुदृढ र बलियो बनाउने हो भने संविधान संशोधनभन्दा पनि यसको कार्यान्वयनका लागि दलहरु गम्भीर हुनुपर्छ भन्नुभयो ।

सीमाङ्कनको विषयमा आयोगमार्फत काम गराउनुपर्नेमा जोड दिदै उहाँले भन्नुभयो – संविधान संशोधन प्रस्ताव अहिले बेमौसमको बाजा भएको छ । उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचन गराउनेतर्फ अग्रसर हुन सरकारलाई आग्रह गर्नुभयो ।