काठमाडौं, २५ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण कार्य तिब्र गतिमा अगाडि बढाउन निर्देशन दिएका छन् ।
शनिबार हनुमानढोका दरबार क्षेत्रको स्थलगत निरीक्षण गर्दै उक्त निर्देशन दिएका हुन ।
मन्त्री शाहीले संस्कृति मन्त्रालय अन्तर्गत रहेका क्षतिग्रस्त सँरचनाको पुनर्निर्माण कार्य समयमानै सम्पन्न हुनुपर्ने भन्दै कुनै पनि वाहाना र ढिलासुस्ती आफूलाई स्वीकार्य नहुने बताएका छन् ।

उनले भने- “सांस्कृतिक सम्पदाको समयमा नै पुनर्निर्माण गर्ने लक्ष्य लिएको छु, यसका लागि कहिँ कतैबाट पनि कमजोरी देखिनु हुँदैन ।” मन्त्री शाहीले हनुमानढोका दरबार क्षेत्रको स्थलगत निरीक्षण गरि भुकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माण कार्य प्रगति बारे जानकारी लिएका छन् ।
हनुमानढोका दरबार क्षेत्रमा रहेका महत्वपूर्ण क्षतिग्रस्त सम्पदाहरु मध्ये काष्ठमण्डप र जैसिदेवल मन्दिर पुनर्निर्माण कार्य द्रुतगतिमा अगाडि बढिरहको निर्माण कार्यमा संलग्न निकायले मन्त्री शाहीलाई अवगत गराएको छ ।
















प्रतिक्रिया