४ मंसिर २०८३, शुक्रबार

संसदको गतिरोध यथावत छाडेर सभामुख घर्ती दुबई घुम्न जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

speaker-onsari-gharti-at-parliament-buildingकाठमाडौं, २५ मंसिर । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संसदमा अबरोध जारी राखेका बेला सभामुख ओनसरी घर्ती भने एकसाता सदन स्थगित गरेर बिदेश भ्रमणमा जान लागेकी छिन् ।

दुबईमा हुने एक कार्यक्रममा भाग लिनका लागि सभामुख घर्ती शनिबार त्यसतर्फ जान लागेको संसद सचिवालय स्रोतले जनाएको छ । घर्तीले आफूसँगै विभिन्न दलका महिला सांसदहरूलाई पनि साथमा लिएर जाँदै छिन् ।

संविधान संशोधनको विषयलाई लिएर एमालेले लगातार सदनमा अबरोध पुगाइ रहेका बेला प्रमुख दलहरूलाई दबाब दिएर सम्वादका लागि भूमिका खेल्नुपर्नेमा सभामुख घर्ती बिदेश भ्रमणमा जान लागेकोमा चौतर्फी आलोचना भएको छ ।

घर्तीले यसअघि कांग्रेस र एमाले प्रमुख शीर्ष नेताहरूसँग अलग अलग परामर्श गरे पनि खासै ठोस सहमति हुन सकेको थिएन ।

तर घर्तीले ठूला दलका शीर्ष नेताहरूलाई एकै स्थानमा राखेर सहमति खोज्नका लागि दबाब दिन भने सक्छिन् । त्यसो नगरेर उनी बिदेश भ्रमणमा जानुले आलोचना भएको छ ।

दुबईमा रहँदा महिला सभामुखहरूको कार्यक्रममा भाग लिने जनाइएको छ । सभामुख घर्ती मंसिर २९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।