काठमाडौं, २४ मंसिर । हिन्द महासागर क्षेत्रमा चीनको बढ्दो दख्खल (हस्तक्षेप)लाई लिएर भारतले चिन्ता व्यक्त गरेको छ । र, रणनीतिक तयारी थालेको छ ।
भारतका रक्षामन्त्री मनोहर पर्रिकर यसै सिलसिलामा शनिबार मांरिशस देशको भ्रमणमा जाँदैछन् । यो भ्रमणमा दुई देशको रक्षा सम्बन्ध बलियो बनाउने प्रयास गरिनेछ । र, हिन्द महासागरमा चीनको प्रभाव रोक्नेबारेमा पनि छलफल हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रणनीतिक जानकार भन्छन्– हिन्द महासागरमाथि बढी नियन्त्रण जसको हुने उसले नै एसियामा राज गर्नेछ ।
चीनले हालैका वर्षहरुमा हिन्द महासागरसँग जोडिएका देशहरुमा ठूलो लगानी गरेको छ । र, हिन्द महासागरमा आफ्नो प्रभाव तिव्र गतिमा बढाइरहेको छ ।
यसैकारण यी देशरुमा भारतको रणनीति बलियो बनाउन मांरीशससँग नजिकको दोस्ती जरुरी छ । भारतको एनर्जीको ७० प्रतिशत हिस्सा हिन्द महासागरकै त्यो रुटबाट आउछ जहाँ मांरिशसको लोकेशन महत्वपूर्ण छ ।
यसैकारण चीनको प्रभाव रोक्न भारत मांरिशससँगको रक्षा सम्बन्धलाई अझै मजबुद बनाउन खोजिरहेको बताइन्छ । यसका लागि भारतले पानी जहाज, हेलिकप्टर र सर्विलान्स सिस्टम पनि दिएको छ । जून उपकरण समुद्रमा गस्तीमा प्रयोग गरिन्छ । यति मात्रै होइन् भारतले मांरिशस प्रहरीका जवानलाई भारतीय रक्षा प्रशिक्षण संस्थानमा तालिम पनि दिइरहेको छ ।
रक्षामन्त्रीको भ्रमणमा मांरिशसको हवाई अड्डा भारतले प्रयोग गर्न पाउने सम्झौता हुने र मरिशसमै ३२ रेडार स्टेशन र भारतीय चौकीहरु पनि खोल्न प्रस्ताव राख्ने बताइएको छ ।
















प्रतिक्रिया