२ कार्तिक २०८३, सोमबार

चलचित्र पत्रकार संघलाई टक्कर दिन आइपुग्यो अर्को संगठन, सुमनले पाए जिम्मेवारी

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

majaकाठमाडौं । नेपाली गीत संगीत, चलचित्र, नाटक, फेशन, कला र संस्कृतिलाई केन्द्रविन्दुमा राखेर सक्रिय रहेका पत्रकारहरुको भेलाले ‘संगीत कला पत्रकार संघ’ गठन गरेको छ ।

राजधानीमा शुक्रवार भएको भेलाले सुमन बैरागीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघका दुई उपाध्यक्षमा क्रमशः विनिता मरहठ्ठा (अन्नपूर्ण पोष्ट दैनिक) र लोकराज अधिकारी (संगीत संसार नेपाल) रहेका छन् । महासचिवमा शुक्रवार साप्ताहिकका डिबी खड्का चयन भएका छन् ।

यसैगरी सचिवममा जनता रेडियोकी राधिका अधिकारी, कोषाध्यक्षमा स्क्रिन नेपाल डटकमका एमपी सुब्बा र सहकोषाध्यक्षमा कान्तिपुर टेलिभिजनका सीताराम बडाल चयन भएका छन् ।

सदस्यहरुमा राम थापा (रेडियो नेपाल), गोविन्द गिरी (गोर्खा एफएम) सजना बराल (कान्तिपुर दैनिक), रिजन थापा (इमेज टिभी), रामनाथ घिमिरे (विएफविएस रेडियो), सुरज खड्का (एभिन्युज टिभी), दिपेशराज थारु (फोटोग्राफर), सविता पोखरेल (म्युजिकखबर डटकम) छन् ।

नेपाली गीत संगीत, चलचित्र, नाटक, फेशन, कला र संस्कृतिलाई मुख्य विषय बनाएर रिपोर्टिङ गर्ने साझा संगठन नभएकाले ‘संगीत कला पत्रकार संघ’ गठन गरिएको हो । यी क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारहरुको हकहित संरक्षण गर्ने र कला क्षेत्रका विविध विषयमा बहश र पैरवी गर्ने यसको उद्देश्य रहेको छ ।

यसैबिच शुक्रवार नै दिवंगत झापाका पत्रकार मदन ढकाल र कलाकर्मी आरपी भट्टराईको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति संघले समवेदना प्रकट गरेको छ ।