
काठमाडौँ, २४ मंसिर । बेलायतको संसदको तल्लो सदन हाउस अफ कमन्समा रुवाबासी मच्चिएको छ ।
बीबीसीका अनुसार ५१ वर्षीया स्कटिस सांसद मिशेल थमसनले १४ वर्षको उमेरमा आफूमाथि बलात्कार भएको घटना सुनाउँदा संसदमा सभामुखसहित सबै सांसद रोएका हुन् ।
महिला हिंसा अन्त्यका लागि राष्ट्रसंघले घोषणा गरेको अन्तर्राष्ट्रिय दिवसको अवसरमा संसदमा भएको बहसमा मिसेल थमसनले आफूले भोगेको पीडा सुनाउँदै भनिन्- ‘जब म १४ वर्षकी थिएँ, आफ्नो नजिककै आफन्तबाट मेरो बलात्कार भयो ।’

उनको भाषणको असर यतिसम्म रह्यो कि सभामुख जोन बर्को पनि भावुक भए । अधिकांश सांसदले गहभरी आँसु निकाले ।
लेबर पार्टीकी महिला सांसद ट्रेसी ब्रेबिनले पनि संसदमा आफ्नो पीडा सुनाएकी थिइन् । २० वर्षको उमेरमा एक व्यक्तिले बलात्कार गर्ने कोशिस गरेको उनले बताएकी थिइन् ।

















प्रतिक्रिया