काठमाडौं । चर्चित टेलिश्रृखला ‘तितो सत्य’बाट ‘राजालाम’ उपनामले परिचित कलाकार आरपी भट्टराईको निधन भएको छ ।
बिहिबार विराटनगर फुपुको घरमा गएका कलाकार भट्टराई शुक्रबार बिहान ओछ्यानमै मृत अवस्थामा भेटिएको ‘तितो सत्य’की प्रमुख कलाकार दिपाश्री निरौलाले जानकारी दिइन् ।
४२ बर्षका आरपी केही दिन अगाडी मात्रै विराटनगर निवास गएका थिए । प्रेसर र सुगर रोगी उनी वजनदार शरीरका कारण चिन्तित थिए । दर्शकमाझ ‘राजालाम’ उपनामले चिनिले कलाकार भट्टराईका एक श्रीमती र दुई छोरा छन् ।
‘तीतो सत्य’ बाट चर्चामा आएका भट्टराईले गीत समेत गाएका छन् । उनले पछिल्लो पटक ‘कालो रैछु म पनि’ बोलको गीत सार्वजनिक गरेका थिए ।















प्रतिक्रिया