दोहा । नेपाली प्रवासी मंच कतारले हमाद हस्पिटल अन्तर्गत रहेको ब्लड डोनेसन युनिटसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
मंचले गर्न लागेको मानवीय कार्यको संयोजकत्व अध्यक्ष रामहरी गैरेले गरेका छन् ।
रक्तदान आफैमा एउटा पुण्यको काम हो । प्रत्यक्ष पुण्य कमाउनको लागि रक्तदानभन्दा ठूलो अर्को कुनै उपाय छैन ।
पीडामा मृत्यसंग लडिरहेका मानिसहरुको जीवन रक्षा गर्नु हाम्रो कर्तब्य हो । आफ्नो सानो सहयोगले बिपतमा परेकाहरुको जीवन रक्षा जस्तो मानवीय कार्य गर्न पाउनु आफैमा गौरवको कुरा रहेको भन्दै रक्तदान कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
यसपाली जीवन जोखिममा रहेका मानिसहरुको रक्षाको लागी मानवीय कार्यलाई अगाडी सार्दै रक्तदानको कार्यक्रमको आयोजना गरेको हो ।
आगामी २३ डिसेम्बर २०१६ को शुक्रबारको दिनमा हुने उप्त रक्तदान कार्यक्रममा कतारमा रहका सम्पूर्ण नेपाली दाजुभाईदिदीबहिनीहरु लगायत कतारमा स्थापित नेपाली समुदायका प्रमुख तथा प्रतिनिधिहरु, सदस्यहरु, पेशागत ब्यबसायीहरु बुद्दिजीवी समाजसेवी पत्रकार लगाएत सबैलाईलाई यस पुन्य कार्यमा पुन्य कार्यमा सहभागी भई सहयोग गरिदिन अध्यक्ष गैरेले हार्दिक अपील समेत गरेका छन् ।
















प्रतिक्रिया