काठमाडौं, २३ मंसिर । सभामुख ओनसरी घर्तीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संसद सचिवालयमा वार्ता गरिरहेकी छन् ।
संविधान संशोधनलाई लिएर एमालेले सदन चल्न नदिएका बेला संसदको गतिरोध कसरी अन्त्य गर्ने विषयमा सहमति जुटाउन सभामुख घर्तीले ओलीसँग छलफल गरेकी हुन् ।
छलफल संसद खुलाउने विषयमा केन्द्रीय रहेको संसद सचिवालयले जनाएको छ ।
संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै त्यसको विरोधमा ९ दिनदेखि संसद अवरुद्ध हुँदै आएको छ ।
















प्रतिक्रिया