काठमाडौं, २३ मंसिर । सभामुख ओनसरी घर्तीले कांग्रेस सभापति शेरबहादुर देउवासँग संसद सचिवालयमा वार्ता गरिरहेकी छन् ।
संसदको गतिरोध कसरी अन्त्य गर्ने विषयमा सहमति जुटाउन सभामुख घर्तीले देउवासँग छलफल गरेकी हुन् ।
देउवासँगको वार्ता सकिएपछि सभामुख घर्तीले आजै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने र सहमति जुटाउने कोसिस गर्ने संसद सचिवालयले जनाएको छ ।
संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै ९ दिनदेखि संसद अवरुद्ध हुँदै आएको छ ।
















प्रतिक्रिया