१ कार्तिक २०८३, आइतबार

पाकिस्तानमा ४७ जना यात्रु बोकेको विमान दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pia-airbus

इस्लामाबाद, २२ मङ्सिर । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को एउटा विमान बुधबार ४७ जना यात्रुसहित दुर्घटनामा परेको छ ।

पाकिस्तानको उत्तरपश्चिममा पर्ने हाभेलिन क्षेत्रमा विमान दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । पीआईएका प्रवक्ता डेनियल गिलानीले विमानमा ४० जना यात्रु र सात जना चालकदलका सदस्य रहेको जानकारी दिनुभयो ।

पाकिस्तानको उत्तरपश्चिमी चित्राल जिल्लाबाट रावलपिण्डीतर्फ गइरहेका बेला विमान दुर्घटना भएको हो ।

प्रवक्ता गिलानीले विमान स्थानीय समयअनुसार दिउसो ३ः३८ बजे उडेकोमा ४ः२० बजे कन्ट्रोल टावरबाट सम्पर्कबिहीन भएको बताउनुभयो । – सिन्ह्वा