काठमाडौं, २२ भदौ । सँगै पढ्ने केटी साथीको नांगो फोटो बनाई ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवक प्रहरीको फन्दामा परेका छन् ।
नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले आइतबार काठमाडौंको कीर्तिपुर–१ का २२ बर्षीय राजेश पौडेललाई पक्राउ गरेको हो । एउटै कक्षामा पढ्ने महिला साथीको मोबाइलमा रहेको फोटो दुरुपयोग गरी अश्लील तस्वीर बनाएका उनले पटकपटक इमेल गरी ६ हजार रुपैयाँ मागेका थिए ।
मागेको जति रकम नदिए फेसबुकबाट सार्वजनिक गरिदिने धम्की दिँदै आएपछि पीडित परिवारले प्रहरी गुहारेको थियो ।
प्रहरीले पौडेललाई हिरासतमा राखी विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही अघि बढाएको छ ।
















प्रतिक्रिया