१९ कार्तिक २०८३, बिहिबार

‘दलित समुदायका बालबालिका बिद्यालय आउँदैनन्’

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dalit-student

– भूमिराज जोशी

दिपायल, २२ मंसिर । डोटी जिल्ला सदरमुकामसंगै जोडिएको कलेना गाबिस–३ की आठ बर्षीया लक्ष्मी बिक स्थानीय तेडी आधारभुत बिद्यालयमा भर्ना भएकी छिन । उनी महिनाभरीमा करीव १० दिन मात्रै बिद्यालय जान्छिन् । लक्ष्मी भन्छिन् ‘घरायसी काम गर्नु पर्छ त्यसैले बिद्यालय जान पाउँदिन ।’

लक्ष्मी बिक मात्रै होईन उनी जस्ता यो गाउँमा अन्य बालबालिकाहरु पनि घरायसी काम गर्नु पर्ने भएका कारण नियमित बिद्यालय जाँदैनन् । सोही बिद्यालयमा पढ्ने पुनी बिक भन्छिन् ‘आमाले खेतीपाती र मेलापात गर्नु पर्छ, त्यसैले मैले बाख्रा चराउन जानु पर्छ, बिद्यालय जाने फुर्सद नै हुँदैन ।’

बिद्यालयमा भर्ना भएका अधिकांश बिद्यार्थीहरुलाई बिद्यालयको नाम समेत जानकारी छैन । गाउँ नजिकै बिद्यालय भएपनि नियमित बिद्यालय आउने बालबालिकाहरुको संख्या भने न्यून रहेको देखिन्छ । किन यस्तो हुन्छ त ? स्थानीय अभिभावक काशीराम बिक आफुहरुले छोराछोरीहरुलाई नियमित रुपमा बिद्यालय पठाउने गरेको तर उनीहरु बिच बाटोवाटै भागेर आउने गरेको वताउँछन । उनलाई छोराछोरीहरु भागेर घर आएकोमा कुनै चिन्ता छैन ।

बिद्यालयका शिक्षक टेकवहादुर बिष्ट आफ्ना छोराछोरीहरुलाई बिद्यालय पठाउनका लागि अभिभावकहरुसंग पटक पटक आग्रह गर्दा पनि नमानेको वताउँछन । बिद्यालयमा भवन अभाव भएका कारण पठन पाठनमा समस्या आएको शिक्षक बिष्ट वताउँछन । उनी भन्छन् ‘यहाँको परिवेशनै यस्तै छ, जति सम्झाए पनि हुन्न, अभिभावकहरु वास्ता नै गर्दैनन् ।’

चार सय ८८ बिद्यार्थी भर्ना भएको उक्त बिद्यालयमा कक्षा १ मा मात्रै एक सय ८० बिद्यार्थी भर्ना भएको बिद्यालयको अभिलेखले देखाउँछ ।
पुरुष अभिभावकहरु दिउँसभरी जुवातास खेल्ने, मदिरा सेवन गर्ने काममा व्यस्त हुने र महिलाहरुले सम्पूर्ण घरायसी कामका साथसाथै मेलापात पनि गर्नु पर्ने भएका उनीहरुले आफ्ना छोराछोरीप्रति ध्यान दिन नसकेको एक अर्का शिक्षकले वताए ।

कलेना गाबिसमा चेतना अभिबृद्धि, आय आर्जन र भौतिक पूर्वाधार बिकासका लागि भन्दै दर्जनौं संघसंस्थाहरुले काम गरिसकेका छन र अहिले पनि थुप्रै संस्थाहरु आफ्ना गतिबिधिहरु सञ्चालन गरिरहेका छन । त्यसो त सरकारी क्षेत्रवाट पनि कलेना गाबिसमा धेरै लगानी भएको छ तर अवस्थामा भने कुनै सुधार आउन सकेको छैन । बिगत २ बर्ष देखि यसै क्षेत्रमा कार्यरत सामुदायिक बिकास केन्द्र डोटीकी परियोजना सहायक सरस्वती खड्काले भनिन, ‘डोटी जिल्लामा धेरै संघसंस्थाहरुले काम गरे तर सबै भन्दा बढी संघसंस्थाले काम गरेको यो कलेना गाबिसमा केही परिवर्तन हुन सकेन ।’ पछिल्लो समयमा पनि सामुदायिक बिकास केन्द्र, ग्रामीण बिकास केन्द्र, ग्रामीण बिकास सेवा केन्द्र, सिड नेपाल, सु–आहारा, रिम्स नेपाल, फेकोफन र सामुदायिक बिकास मञ्च नामक गैर–सरकारी संस्थाहरुले काम गर्दै आएको तर करिब एक चौथाई जतिले मात्र केही प्रगति गरेको खड्काले बताइन ।

बालबालिकाहरुलाई बिद्यालयमा पठाउ भन्नका लागि हामीले धेरै पटक घरदैलो अभियान नै गर्यौ, परियोजना सहायक खड्काले भनिन, ‘जसले जति कराए पनि यो क्षेत्रका स्थानीयहरुमा चेतनाको बिकास अझै हुन सकेको छैन ।’ हामीले धेरै अनुरोध गर्यौं, प्रायः गरेर दलित समुदायका बालबालिकाहरु पटक्कै पनि बिद्यालय नआउने गरेका छन ।

यो समुदायका पूरुषहरु दिनभरी जुवातास खेल्ने बेलुका जाँडरक्सी खाएर होहल्ला गर्ने भएको हुँदा बालबालिका तथा महिलाहरुले घरायसी काममा बढी खट्नु परेको परियोजना सहायक खड्काले बताइन ।