
– प्रकाश डोटेल
स्याङ्जा, २२ मंसिर । सरकारले संसदमा गरेको संविधान संशोधनको प्रश्तावका बिरुद्ध स्याङ्जा एमाले बिरोधमा प्रदर्शन गरेको छ । एमालेले आव्हान गरेको देशव्यापी आन्दोलन अन्तर्गत स्याङ्जामा पनि प्रदर्शन गरेको हो ।
बिरोध स्वरुप एमाले पार्टी कार्यालयबाट निस्केको ¥यालीले स्याङ्जा बजारका अभियानपथ, बी.पी. चोक, हुलाकमार्ग, शहिदचोक र बैंकरोड परिक्रमा गरेको थियो । र्याली बजार परिक्रम पश्चात जिल्ला विकास समिति अगाडी कोण सभामा परिणत भएको थियो । कोण सभामा एमाले पार्टी कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
कोणसभामा बोल्दै नेकपा एमाले केन्द्रिय कमिटी सदस्य पद्मा अर्यालले सरकारले जर्वजस्ति ल्याएको संशोधन प्रश्ताव बेमौसमी भएको बताईन् । उनले संविधान कार्यान्वयन गर्नुको सट्टा सरकार संशोधनतर्फ लागेर संक्रमणकालिन अवस्था लम्बाउन खोजेको बताईन् ।
त्यस अवसरमा एमाले सचिव सुधिर कुमार पौडेलले सरकारले संसदमा पेश गरेको संशोधन प्रश्ताव देश विखण्डन गर्ने आसय पूर्वक ल्याएको दाबी गरे । उनले देश टुक्राउने प्रस्ताव एमालेलाई स्वीकार्य नहुनेमा जोड दिए ।
एमालेले गरेको माग अनुसार सरकारले संशोधन प्रश्ताव फिर्ता नगरे आन्दोलन गाउँ–गाउँ पु¥याउने तयारी गरेको एमालेका जिल्ला कमिटी सदस्य तथा दलित नेता केम्बर बहादुर विकले बताए । उनले भने, “देशलाई अराजक तर्फ उन्मुख गराउने प्रस्तावका बिरुद्ध आन्दोलनमा जानु विकल्पको छैन् ।”












प्रतिक्रिया