काठमाडौं, २२ मंसिर । नेपालको एक अग्रणी कम्पनी तथा नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नेपाली बजारको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ “स्काईवर्थ राइस कुकर” बजारमा ल्याएको छ ।
हाल बजारमा उक्त राइस कुकरका दुई मोडलहरु, RC2200 र RC3200 उपलब्ध छन् । दुई मोडलहरु मध्ये RC2200९०० वाट पावर भएको २२०–२४० भोल्टको प्रोडक्ट हो जसको क्षमता २.२ लिटर रहेको छ ।
त्यसैगरी, RC3200 मोडल १००० वाट पावर भएको २२०–२४० भोल्टको प्रोडक्ट हो जसको क्षमता ३.२ लिटर रहेको छ । दुवै प्रोडक्टहरु आकर्षक डिजाइनका साथै विभिन्न फिचर्सहरुका साथ बजारमा उपलब्ध छ, जस्तै: कुक र वार्म प्रणाली, नन्–स्टिक एलुमिनियम इन्नर पट, एलुमिनियम हिटिङ्ग प्लेट तथा उच्च तापक्रमबाट सुरक्षा ।
उक्त दुई उत्पादनहरुले अब ग्राहकहरुलाई अझै बढि विकल्पहरु तथा सुपथ मूल्यमा गुणस्तरीय र अन्तराष्ट्रिय स्तरका प्रोडक्टहरु प्रदान गर्ने कुरामा कम्पनी विश्वस्त छ ।















प्रतिक्रिया