३ कार्तिक २०८३, मंगलबार

इण्डो-नेपाल रेमिटेन्समा थप आयाम: आईएमई र अक्सिजन इण्डियाबीच रेमिटेन्स सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ime-pr_oxigen-launch

काठमाडौं, २२ मंसिर । नेपालको नम्बर १ रेमिटन्स कम्पनी आईएमई र अक्सिजन सर्भिस इण्डिया प्रा.लि बीच औपचारिक रेमिटन्स सेवा शुरु भएको छ ।

भारतका ३० हजारभन्दा बढी सेवा केन्द्रमार्फत रेमिटेन्स सेवा प्रदान गर्दै आएको अक्सिजन इण्डिया र नेपालमा रेमिटेन्सको पर्यावाची मानिएको आईएमई लिमिटेडबीच भएको सेवा शुभारम्भले इण्डो–नेपाल रेमिटेन्सलाई अझै बढी संस्थागत र औपचारिक बनाउने विश्वास लिइएको छ ।

काठमाडौंस्थित होटल सांग्रिलामा आयोजित सेवा शुभारम्भ कार्यक्रममा आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल र अक्सिजन इण्डिया प्रा.लिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेना लगायत आईएमई तथा अक्सिजन इण्डिया प्रा.लिका उच्चपदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

ime

कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका प्रवन्ध निर्देशक ढकालले डिजिटल्स फाईनान्सीयल सेवा प्रदान गर्दै आएको अक्सिजन इण्डिया र विस्तारै डिजिटल्स फाईनान्सीयल सेवामा प्रवेश गर्दै गरेको आईएमईबीच भएको सेवा शुभारम्भले इण्डियामा रहँदै आएका लाखौँ नेपाली दाजुभाईहरुको कमाईलाई छिटो, छरितो र विश्वसनीय ढंगले नेपाल भित्राउन सहज हुने विश्वास व्यक्त गर्नुभयो । यो सहकार्यले डलर बेचेर भारतीय रुपियाँ किन्नुपर्ने नेपालको बाध्यतालाई थोरै भएपनि कम गर्ने विश्वास व्यक्त गर्नुभयो । आईएमई औपचारिक संजालबाट नेपाल पैसा भित्राउने आफ्नो उद्देश्यमा सफल भएको र आगामी दिनमा व्यक्तिको सशक्तिकरणमा आईएमई प्रतिवद्ध रहेको बताउनुभयो ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अक्सिजन इण्डिया प्रा.लिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेनाले अक्सिजन इण्डियाको इतिहासमा आईएमईसँगको व्यवसायीक साझेदारी कोशेढुंगा भएको भन्दै यो सेवाले इण्डियामा बस्दै आएका लाखौँ नेपालीहरुलाई सहज रेमिटेन्स सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।

oxigen-logo

आरबीएल बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड क्रमशः अक्सिजन इण्डिया र आईएमई नेपालका बैंकिंग साझेदार हुन । अक्सिजन आरबीएल बाट मान्यता प्राप्त भारतको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालन गर्ने संस्था हो जसले वार्षिक ६ करोडभन्दा बढी कारोबार गर्दै आएको छ ।

ime_logonew-1

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व आईएमईसँग नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ४९ आईएमई सेन्टर सहित ७५ जिल्लाका ५ हजार ४ सय सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । आईएमई हालै ‘सुलिभान एण्ड फ्रोस्ट’ द्वारा ‘ वेष्ट रेमिटेन्स कम्पनी अवार्ड – २०१६’ बाट सम्मानित भएको छ ।