काठमाडौं, २२ मंसिर । काभ्रे जिल्लाको दाप्चा काशिखण्ड नगरपालिका वडा नम्बर ११ स्थायी घर भएका ६ वर्षीय मनीष नेपाली जन्मदेखि नै थालसेमिया (शरीरमा रगत उत्पादन नहुने) रोग लागेको छ ।
हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचाररत मनीषलाई उपचार खर्च अभाव भएपछि परिवारजनले सहयोगको अपील गरेका छन् ।
मनीषको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेको र उपचार नेपालमा सम्भव नभएकाले आर्थिक सहयोग गरिदिन परिवारजनले काठमाडौंमा पत्रकार सम्मेलन गरेर अपील गरेका हुन् ।
मनीषको उपचारका लागि रु ४५ लाखभन्दा बढी लाग्ने आफन्तले जनाएका छन् । बिरामी बालक मनीषका बाबु रामचन्द्र नेपालीले सबैले सहयोग गरिदिए छोराको उपचार हुनेमा आफू आशावादी रहेको बताए । उनले सहयोग गर्न चाहनेहरूले बिरामी बालकको बाबुको नाममा सिटिजन बैंकको खाता नम्बर ०५४०००००५१ CS मा सहयोग गर्न सक्ने बताएका छन् ।












प्रतिक्रिया