१९ कार्तिक २०८३, बिहिबार

‘टनकपुर र पञ्चेश्वर’ भारतलाई सुम्पने एमाले कसरी राष्ट्रवादी भो ?

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pamfa-bhusal-photoभक्तपुर, २२ मंसिर । नेकपा (माओवादी केन्द्र)की प्रवक्ता पम्फा भुसालले एमालेप्रति लक्षित गर्दै ‘टनकपुर र पञ्चेश्वर’ सुम्पनेले राष्ट्रवादको कुरा गर्न नसहाउने बताएकी छिन् ।

रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षतकार कार्यक्रममा प्रवक्ता भुसालले आफू सरकारमा हुँदा देशको सम्पत्ति बिदेशीलाई सुम्पनेहरू वर्तमान अवस्थामा आएर राष्ट्रहितमा काम गरिरहको सरकारलाई राष्ट्रघाती भन्नु कागले आफ्नो नाम लिएको जस्तै भएको बताइन् । उनले भनिन्, ‘टनकपुर र पञ्चेश्वर’ भारतलाई सुम्पने एमाले कसरी राष्ट्रवादी भो ?

एमालेकै शीर्ष नेताहरूको भनाई लिँदा एमाले संघीयताको पक्षमा, समावेशी र समानुपातिक जान नचाहेको भन्दै संघीयता, समानुपातिकता र समावेशी अधिकार नदिएसम्म कोही पनि राष्ट्रवादी हुन नसक्ने उनले बताइन् । ‘समावेशिता र समानुपातिक सिद्धान्तको विरोध गर्नेहरू राष्ट्रघाती हुन्’, उनले भनिन् ।

संविधान संशोधन प्रस्तावलाई लिएर भइरहेको आन्दोलन नेपाली जनतालाई राजनीतिज्ञहरूले बुझाउन नसक्नु र एमालेले आफ्नो भोट बैंकका रुपमा प्रयोग गरिरहेको प्रवक्ता भुसालको टिप्पणी छ ।

एमालेप्रति कडा टिकाटिप्पणी गरेरकी माओवादी केन्द्रकी प्रवक्ता भुसालले भनिन्, ‘प्रतिगमनकारी र बाहिरी शक्तिको चलखेलकै कारण नेपाल र नेपालीले पाएको गणतन्त्र गुम्ने खतरामा छ ।’