१९ कार्तिक २०८३, बिहिबार

एमाले अध्यक्षसहित एक दर्जन कार्यकर्ता प्रहरीको कुटाईबाट घाइते

21.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhangadhi-band-2-768x576

धनगढी, २२ मंसिर । संबिधान संशोधनको बिरुद्धमा उत्रिएको नेकपा एमाले कैलालीका जिल्ला अध्यक्षसहितलाई प्रहरीले निर्मम तरिकाले कुटपित गरी गम्भीर घाइते बनाएको छ ।

नेकपा एमाओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई धनगढीमा कालो झण्डा देखाउन गएका बेला उनीहरुलाई प्रहरीले कुटपिट गरी गम्भिर घाइते बनाएर पक्राउ गरेको जनाइएको छ ।

प्रधानमन्त्री धनगढी आउनु एक घण्टा अगावै प्रहरीले धनगढीको रातोपुल नजिक विरोध गरिरहेका एमाले लगायतका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी कुटपिट गरेको एमाले जिल्ला कमिटी सदस्य दीर्घ जोशीले बताए ।

प्रहरीले नेकपा एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारी, जिल्ला सचिव रणबहादुर चन्द, सचिवालय सदस्य यज्ञराज बास्तोल, जिल्ला कमिटी सदस्य दीर्घ कापडी, युवा संघका केन्द्रिय सदस्य मदन रेग्मी, अनेरा स्ववियुका जिल्ला अध्यक्ष चुडामणी भट्ट, एमाले कार्यकर्ता प्रेम महरा लगायतका कार्यकर्तालाई कुटपिट गरी पक्राउ गरेको बताइएको छ । उनीहरुको टाउको, पाखुरा, निधार लगायतका ठाउँमा चोटपटक लागेको छ । पक्राउ पर्ने जनमोर्चाका केही कार्यकर्ताहरु पनि रहेका छन् ।

प्रधानमन्त्री दाहाल कैलालीको धनगढीमा आजदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न यहाँ आइपुगेका हुन् । विरोधका कारण उनले उद्घाटन गर्ने महोत्सवको समय केही पर धकेलिन पुगेको छ ।

संविधान संशोधनका विषयलाई लिएर आज सदरमुकाम धनगढी १२ बजेदेखि ४ बजेसम्मका लागि बन्द रहेको छ ।