१९ कार्तिक २०८३, बिहिबार

सहमतिका लागि अध्यक्ष ठाकुरले ल्याए यस्तो प्रस्ताव, संघीयता थाँती राखेर देश बचाउन अपील

23k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bikash-thakurकाठमाडौं, २२ मंसिर । हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुरले संघीयतालाई तत्कालका लागि थाँती राख्न राजनीतिक दलका नेताहरूलाई सुझाव दिएका छन् ।

अध्यक्ष ठाकुरले संघीयताका कारण देश समस्यामा परेको भन्दै राष्ट्रियताको रक्षाका लागि सबै दलहरू मिल्नुपर्ने बताएका हुन् ।

संघीयताका विषयमा अनेकथरि बिबाद भइरेका बेला हिन्दू अभियान चलाइरहेका युवा नेता ठाकुरले मधेसी जनताहरूलाई मधेसी मोर्चाका नेताहरूले अन्धकारमा राखेको कडा टिप्पणी गरेका हुन् ।

बेलाबेला मधेस केन्द्रित राजनीतिक दलका नेताहरूको कटु आलोचना गर्ने अध्यक्ष ठाकुरले छ महिना अगाडि पनि नेपालमा संघीयता आवश्यक छैन भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

त्यसको एक महिनापछि असार २८ गते नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहले बीबीसी नेपाली सेवामा अन्तरवार्ता दिएर नेपालमा संघीयता हुन नसक्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि उथलपुथल मच्चिएको थियो ।

‘तत्कालका लागि संघीयतालाई थाँती राखेर देशलाई बचाउन सकिन्छ । यो नै सर्बोत्तम उपाय हो’, अध्यक्ष ठाकुरले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन्, ‘संघीयताका कारण देश ओझेलमा परेको छ । समाधानका लागि एक पटक कडा कदम उठाउन जरुरी छ ।’

उनले भनेका छन्, ‘संघीयता स्थगित गरेपछि आर्थिक बिपन्नताको आधारमा आरक्षण लागू गर्नुपर्छ । नेपाललाई संवैधानिक रुपमा हिन्दूराष्ट्र कायम गर्नुपर्छ । यही हो अहिलेको समाधानको उपाय । अन्यथा आउने दिनमा देश वर्षौंसम्म तनावग्रस्त रहनेछ । त्यसको भरपाई कुनै नेताले गर्न सक्ने छैनन् ।’

‘संघीयताका कारण थुप्रै सर्वसाधारण शहीद बनिसकेका छन्’, उनले भनेका छन्, ‘जब कुनै व्यक्तिको मृत्यु हुन्छ त्यसलाई आधार बनाएर नेताहरूले राजनीति गर्छन्’, अध्यक्ष ठाकुरले भनेका छन्, ‘तर कसैले एकपटक पनि ती मृत्यु भएका व्यक्तिको घरमा पुगेर आफन्तलाई सोधका छन् तिम्रो दुःख के छ भने ?’