१९ कार्तिक २०८३, बिहिबार

संविधान संशोधनविरुद्ध युवाहरुले भोलि बालुवाटार घेराउ गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

birod

काठमाडौं, २१ मंसिर । संविधान संशोधन प्रस्तावविरुद्ध युवा विद्यार्थीहरुले बुधबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने भएका छन् ।

संशोधनविरुद्ध आन्दोलित प्रमुख प्रतिपक्षी दल एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेमकिपा लगायत निकट युवा र विद्यार्थी संगठनहरुका संयुक्त युवा विद्यार्थीले बालुवाटार घेराउ कार्यक्रम आयोजना गर्दै देशभक्त जनतालाई उपस्थितीका लागि आह्वान गरेको छ ।

‘भोलि बिहान ८ः३०बजे प्रचण्डको निवास बालुवाटार घेराउ कार्यक्रममा उपस्थित हुन सम्पूर्ण राष्ट्रप्रेमी जनसमुदायलाई हार्दिक अपिल गर्दछु,’ युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले भनेका छन् ।