– नरेश केसी
भैरहवा, २१ मंसिर । सरकारले प्रस्ताव गरेको संविधान संशोधनको विरुद्धमा विगत एक हप्तादेखी रुपन्देहीमा जारी अनिश्चितकालीन बन्द हड्ताल कार्यक्रम आज सांझदेखी फिर्ता भएको छ ।
आन्दोलनमा सहभागी दलहरुको मंगलबार सांझ बसेको संयुक्त बैठकले बन्द हड्ताल धेरै दिनसम्म गर्दा आम सर्वसाधरणको दैनिक जिवनमा समस्या परेको निश्कर्ष निकाल्दै सरकारले संसदमा पेश गरेको प्रस्ताव विरुद्ध सदन र सडकबाट निरन्तर विरोधका कार्यक्रम जारी राख्ने निर्णय सहित आन्दोलनको स्वरुप फेरेको आन्दोलनमा सहभागी दल नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए ।
आन्दोलनरत दल एमाले, माले,राष्ट्रिय जनमोर्चा, नेकपा माक्र्सवादी, जनमोर्चा नेपाल, अखण्ड नेपाल पार्टिका जिल्ला स्तरीय नेताहरुल हस्ताक्षर गरी संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा २६ गतेदेखी जारी बन्द हड्ताललाई स्थगित गर्दै आन्दोलनको स्वरुप फेरिएको जनाइएको छ । उक्त विज्ञप्तीमा संसदमा दर्ता भएर टेबुल हुन बाकी रहेको संविधान संशोधनको प्रस्ताव टेबुल हने वित्तिकै शसक्त आन्दोलनका कार्यक्रम अगाडी बढउने पनि जनाइएको छ ।
साथै विज्ञप्ती संविधान संसोधन विरुद्ध जिल्ला व्यापी रुपमा सभा सम्मेलन र आमसभालाई निरन्तरता दिने जनाउदैं आन्दोलनमा सक्रिय सहभागीता जनाउने सबै पक्षलाई धन्यावाद समेत ज्ञापन गरेका छन् ।














प्रतिक्रिया