धनगढी, २१ मंसिर । मंसिर १० गते ३६ वर्षकै उमेर मृत्यवरण गरेका नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष कर्ण बोहरालाई सोमबार मरोणोपरान्त विष्णुमनि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
धनगढीमा क्रियाशिल पत्रकार सुशील ढुंगाना संरक्षक रहेको विष्णुमनि पत्रकारिता पुरस्कारको राशी पाँच हजार दुई सय ५५ रहेको छ । पत्रकार ढुंगानाले बाजे स्र्वीय मनिराम ढुंगाना र बजै स्वर्गीय विष्णुदेवी ढुंगानाको स्मृतिमा सो पुरस्कार स्थापना गरेका हुन ।
उनका अनुसार एक लाख रुपैयाँको अक्षय कोषको व्याजबाट हरेक वर्ष एक जना उत्कृष्ट पत्रकारलाई पुरस्कृत गरिने छ । सो पुरस्कार एक समारोहका बीच नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले महासंघका कैलाली शाखा अध्यक्ष भरत शाहलाई हस्तान्तरण गरेका थिए ।
केन्द्रीय सदस्य शाहले स्वर्गीय पत्रकार कर्ण बोहराको योगदानको चर्चा गर्दे उनकी मृगौला रोगबाट पीडित धर्मपत्नी ममता बोहराको उपचारको जिम्मा अब सम्पूर्ण पत्रकारको रहेको चर्चा गरे । उनले आफ्नो ठाउँबाट सहयोग गर्न पत्रकारहरूलाई अपिल पनि गरेका थिए ।
कैलाली अध्यक्ष शाहले प्राप्त पुरस्कारको प्रमाणपत्र र रकम महासंघको क्षेत्रीय समितिमार्फत ममता बोहरालाई पठाउने बताए ।












प्रतिक्रिया