१९ कार्तिक २०८३, बिहिबार

एमाले सचिव योगेश भट्टराईद्धारा पत्रकार बोहराका परिवारलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh-bhattrai

धनगढी, २१ मंसिर । स्वर्गिय पत्रकार कर्ण बोहराकी श्रीमति ममता वोहराको मिगौला रोगको उपचारका लागि चर्चित युवा नेता तथा नेकपा (एमाले) का केन्द्रीय सचिव योगेश भट्टराईले समेत सहयोग गरेका छन ।

एमालेका प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले पाँच हजार रुपैयाँ सहयोग गर्ने भएका हुन । ‘मेरो सहयोगले थोरै भएपनि राहत होस भनेर सहयोग गर्न खोजेको हो’ नेता भट्टराईले वताए । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिले ममता वोहराको उपचारका लागि आव्हान गरेको थाहा पाएर भट्टराईले सहयोग दिन खोजेका हुन । भट्टराईले महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहलाई टेलिफोन गरेर सहयोग रकम घोषणा गरेका हुन ।

भट्टराईले घोषणा गरेको रकम केही दिनमा संकलन गर्ने संयोजक शाहले वताए । ममताको उपचारका लागि देश विदेशबाट सहयोग रकम जुट्ने क्रम तिव्र वनेको उनले जानकारी दिए । देशविदेशबाट एक लाख ३० हजार जति सहयोगको आश्वासन आएकोमा ५० हजार जति रकम संकलन भइसकेको शाहले वताए ।

पछिल्लो समय नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष वेदप्रका तिमिल्सेना र रामारोशन एफएमका लेखा तथा प्रशासन प्रमुख कृष्णवहादुर वुढाले पाँच, पाँच हजार रुपैयाँ सहयोग गर्ने वताएका छन । यस्तै कैलालीको वौनिया वजारमा रहेको कोशेली एफएमका स्टेशन म्यानेजर लीलाराज खत्रीले पनि एक हजार एक सय रुपैयाँ सहयोग गरेका छन ।

नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिले दुवै मृर्गौला खराब भएर प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेकी पत्रकार स्वर्गीय बोहराका श्रीमती ममता बोहरा र आश्रितहरूको सहयोगका लागि सार्वजनिक रूपमा आह्वान गरेपछि उपचार सहयोग संकलन हुन थालेको हो ।

स्वर्गीय बोहरापत्नी ममताको उपचारका साथै आश्रितहरूको सहयोगका लागि महासंघ केन्द्रीय समिति तथा सुदूरपश्चिम समन्वय समितिले सबै जिल्ला शाखा, सञ्चार गृह तथा सञ्चारकर्मी र उद्योगी, व्यावसायी, पेसाकर्मी र सर्वसाधारणमा आह्वान गरेका छन् ।

श्रीमतिको उपचारमा रहेका वोहराको मंसिर १० गते दिउँसो कुरुवा वसेका वेला सुतिरहेकै अवस्थामा निधन भएको थियो ।