१९ कार्तिक २०८३, बिहिबार

मृगौला पीडितद्वारा सहयोगको याचना, प्यूठानका युवक समस्यामा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pyuthanप्यूठान, २१ मंसिर । उपचारका लागि अस्पताल भर्ना भएका मृगौलापीडित प्यूठानका एक युवाले आफ्नो ज्यान जोगाइदिन सबैसंग सहयोगको याचना गरेका छन् ।

आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि ढुङ्गेगढी गाबिस वार्ड नम्बर ६ बुढिचौर गाउँमा बस्ने ३० वर्षीय युवक थम्मन सिङ अछामी रानाले ज्यान जोगाउन सहयोग मागेका हुन् ।

दुईवटै मृगौलाले काम गर्न छोडेपछि थलिएका राना बिगत दुई महिनादेखि अस्पतालमा उपचारत छन् ।

धन कमाउन भारत आउजाउ गर्ने उनी दुबै मृगौला खराव भएपछि गत कार्तिक महिनाको अन्तिम साता घर फर्किएका हुन् ।

पीडित रानाको आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका हुन् ।

रानासंगै उनकी पत्नी र ३ भाइ नाबालक छोरा छन् । कमाउने र परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि उनी अस्पतालमा जीवन मरणको दोसाँधमा छन् ।

चिकित्सकले मृगौला प्रत्यारोपण गर्न दस लाखदेखि बाह्र लाख रुपैया लाग्ने बताएको उनका ससुरा उमबहादुर खाम्चाले जानकारी दिए ।

सहयोग गर्न चाहे उनको ससुरा उमबहादुर खाम्चाको मोबाइल नम्बर ९८१२८७०५४७ मा सम्पर्क गर्न सक्ने जनाइएको छ । उमबहादुर खाम्चाको नेपाल बैङ्क लिमिटेडमा रहेको खाता नम्बर ०५२००१३८२७१०मा सिधा रकम जम्मा गर्न सकिने पनि पीडितको अपील छ ।