जापान । वर्ल्ड नेवाः अर्गनाईजेशन जापानले आइतबार टोकियोमा योमरी पुन्ही, स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका सहसंयोजक इंदिरा सुजुकीले पूर्व मंत्री किरण गुरुङ्गलाई स्वागत गर्दै मिस मिस एण्ड मिसेज नेवाः जापानमा बिजयी भएका सबैलाई बधाइ दिइन् । प्रवासी नेपाली मंच जापानको अध्यक्षमा संस्थाका सल्लाहकार महेंद्र श्रेष्ठलाई पनि बधाइ दिइएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वक्ता नेकपा एमालेका पोलितब्यूरो सदस्य तथा पूर्व मंत्री किरण गुरुङ्गले मिस एन्ड मिसेज नेवाः जापानमा जितेका प्रतियोगीहरुलाई बधाई दिंदै स्वागत तथा योमरी कार्यक्रम गरेकोमा वर्ल्ड नेवाः अर्गनाईजेशन जापानलाई धन्यवाद दिनुका साथै जापानमा बसेर पनि नेपाली परम्परालाई निरंतरता दिइरहेकोमा आफू अत्यंत हर्षित भएको कुरा राखेका थिए ।
वर्ल्ड नेवाः अर्गनाईजेशन जापानले गत नोवेम्बर नागानोकेनमा सम्पन्न गरेको मिस एन्ड मिसेज नेवाः जापानको कार्यक्रममा सहभागी हुन नसकेका बिजेताहरू मिसेज संगीता शाक्य र ख़ुशी डंगोल सुवेदीलाई पूर्व मंत्री किरण गुरुङ्गद्वारा पुरस्कार बितरण गरेको थियो ।
संस्थाका सल्लाहाकारहरु राजन प्रधानाङ्ग ,बलराम श्रेष्ठ तथा महेन्द्र श्रेष्ठले मिस एन्ड मिसेज नेवाः जापानमा बिजयी सुन्दरीहरुलाई तास तथा प्रमाण पत्र बितरण गरिएको थियो ।
उक्त दिन स(सानो बाल बालिका सबै मिलेर पारिवारिक वातावरणमा योमरी बनाएको थियो िू योू भनेको मन पर्ने र ूमरीू भनेको मिठाई अर्थात ूयोमरी ूभनेको अत्यन्त मन पर्ने मिठाई हो भन्दै संस्थाका सयोंजक सुनिल कुमार शाक्यले कार्यक्रमको संचालन गरेको थियो ।
योमरी खाँदै रात्री भोज र डान्स पार्टी गर्दै फेरी अर्को पल्ट भेट गर्ने बाचा गर्दै कार्यक्रम समापन गरेको थियो ।















प्रतिक्रिया