काठमाडौं । दीपक रौनियार निर्देशित चलचित्र ‘सेतो सूर्य’ (ह्वाइट सन) ले सिंगापुरमा सम्पन्न ‘सिंगापुर फिल्म फेस्टिभल’ मा उत्कृष्ट फिल्मको अवार्ड हासिल गरेको छ ।
चलचित्रले कथानक चलचित्रको विधामा अवार्ड जितेको निर्देशक रौनियारले सञ्चारकर्मीलाई जानकारी गराएका छन् । सो फिल्मले अवार्डसँगै ५० हजार सिंगापुर डलरसमेत प्राप्त गरेको पनि निर्देशक रौनियारले बताए । उनका अनुसार यो फेस्टिभलमा विभिन्न १० देशका चलचित्रहरू सहभागी भएका थिए ।
यो चलचित्रमा दयाहाङ राई, आशा मगराती, रवीन्द्र सिंह बानियाँलगायतको अभिनय रहेको छ । सिंगापुर फेस्टिबलमा सहभागी भएर अभिनेता राई र निर्देशक रौनियार आइतबार काठमाडौं फर्किएका छन् । छिरिङ रितार शेर्पाले निर्माण गरेको यो चलचित्र आगामी २४ मंसिरबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।















प्रतिक्रिया