४ मंसिर २०८३, शुक्रबार

उर्जामन्त्री शर्माले ‘कुलमान’को नाममा यसरी चलाउँदैछन् ‘धन्दा’ ? (प्रमाणसहित)

36.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janardan-sharma-maoकाठमाडौं, २० मंसिर । झण्डै ६ सय मेगा वाट विद्युत अपुग हुँदाहुँदै पनि राजधानीलाई लोडसेडिङमुक्त गरेर चर्चा कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जामन्त्री जनार्दन शर्माले अनावश्यक दबाब दिएर हैरान बनाएको खुलासा भएको छ ।

लोडसेडिङमुक्त अभियानका कारण चर्चा कमाएका घिसिङलाई उर्जामन्त्री शर्माले सरकार आफैले बनाउने भनिएको ३ सय ६५ मेघा वाटको ‘अप्पर अरुण’लाई निजी कम्पनीलाई दिने निर्णय गर्न दबाब दिएको खुलासा भएको हो । दैनिक नेपाल डटकमले फेला पारेको प्रमाणअनुसार मन्त्री शर्माले अप्पर अरुणको आयोजनालाई जसरी भए पनि सरकारी मातहतबाट बाहिर ल्याएर आफू निकटको कम्पनीलाई दिनेभित्री चलखेलमा लागेको स्रोतले जनाएको छ ।

घिसिङ कार्यकारी निर्देशक भएर आएपछि मन्त्री शर्माले अप्पर अरुणको आयोजनालाई निजी कम्पनीलाई दिने प्रस्ताव गर्न लगाएका थिए । घिसिङले शर्माको सो प्रस्तावलाई बोर्ड बैठकमा पनि राखिदिए ।

तर, सात सदस्यीय बोर्डमा सरकारले आफै बनाउने सस्तो आयोजनालाई निजी क्षेत्रलाई दिन नसकिने भन्दै तीन जना सदस्यले नोटआफ डिसेन्ट लेख्ने चेतावनी दिएपछि मन्त्री शर्माले घिसिङलाई प्रयोग गरेर दबाब दिइरहेको खुलासा भएको छ । नोटअफ डिसेन्ट लेखिने भएपछि मन्त्री शर्माको निर्देशनमा घिसिङले हस्ताक्षर नै गर्न नदिइ मान्यूट किताव लुकाएर राखेको स्रोतले जनाएको छ । आफ्नो उद्देश्य पूरा नहुने भएपछि मन्त्री शर्मा तनावमा छन् ।

३ सय ६५ मेघावाट अप्पर अरुण आयोजनालाई निजी क्षेत्रलाई बनाउन दिएर ६८ प्रतिशत सेयर विदेशी कम्पनीलाई बिक्री गर्ने र २ प्रतिशत शेयर जो स्थानीयलाई दिने भनिएकोलाई कटाएर माओवादी निकट द्वन्द्वपीडित, पूर्व लडाकु र माओवादी नेताहरूलाई दिने योजना उर्जामन्त्री शर्माको छ । यो उद्देश्य पूरा गर्न उर्जामन्त्री शर्मा जोडतोडले सक्रिय भएर लागेका छन् । उनले बोर्डका सदस्यहरूलाई बदनाम बनाइ निकालेर अप्पर अरुण र चमेलियाको आरसीसी ब्रीजको समस्या समाधान गर्न चाहेका छन् ।

सस्तोमा बन्ने यो आयोजना सरकार आफैले बनाउने भनेर तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले मन्त्रिपरिषदको निर्णय गराएका थिए । मन्त्रिपरिषदको निर्णय लत्याउँदै मन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङले अप्पर अरुणमा ठूलो घोटाला हुन थालेको भन्दै विरोध भएपछि सञ्चालक समितिका सदस्यहरू लक्ष्मणप्रसाद अग्रवाल, सुरज लामिछाने र मनोजकुमार मिश्रको आलोचना गर्दै आएका छन् ।

मन्त्री शर्माको उदेश्य पूरा हुन नसकेपछि लोडसेडिङ अन्त्य गर्न यी तीन सदस्यहरूले असहयोग गरेको भन्दै मन्त्री शर्माको निर्देशनमा स्पष्टीकरण सोधिएको छ । जब कि लोडसेडिङ अन्त्य गर्नका लागि अग्रवाल, लामिछाने र मिश्रले घिसिङलाई सघाएको उनीहरूले दाबी गरेका छन् ।

प्राधिकरण सञ्चालक समितिका सदस्य सुरज लामिछानेले लोडसेडिङ अन्त्य गर्न बोर्ड बैठक र सदस्यहरू कहिल्यै बाधक नरहेको बताए ।

‘हामीले साथ नदिने हो भने उर्जामन्त्री जनार्दन शर्मा र कार्यकारी निर्देशक कुलमान घिसिङ कसरी सफल हुनुहुन्छ ?’, लामिछानेले भने, ‘कुलमान घिसिङ आइसकेपछि उहाँलाई लोडसेडिङ सदाका लागि अन्त्य गर्ने गरेर दीर्घकालीन कार्ययोजना ल्याउन निर्णय गरेर दिएका छौँ । विश्वास लाग्दैन भने कुलमानजीसँग ती निर्णय मागेर हेर्न सक्नु हुन्छ ।’

अर्का सदस्य मनोजकुमार मिश्रले लोडसेडिङ अन्त्य गर्न कुलमान घिसिङले गरेको कामको सराहना गर्दै भने, ‘उहाँ एक्लैले सबै गर्नु भएको होइन । प्राधिकरणका पियनदेखि माथिल्लो तहको सहयोगबाट उहाँ सफल हुनु भएको हो । र हाम्रो साथ उहाँलाई सधै रहन्छ । जनताले राहत पाउने विषयमा कोही पनि बाधक बन्नु हुँदैन ।’

सहयोग गर्दागर्दै पनि बोर्ड सदस्यहरूलाई हटाएर मन्त्री शर्माले अप्पर अरुण आफू अनुकूल निर्णय गर्ने योजनामा रहेको मिश्रले बताए । ‘सरकार आफैले बनाउने अप्पर अरुण निजी क्षेत्रलाई दिएर मुलुकलाई घाटा लगाउन हुँदैन’, उनले भने, ‘उद्देश्य पूरा नभएपछि हामीलाई हटाउन असहयोगको आरोप लगाएर चरित्र हत्या भएको छ ।’

चमेलियामा पनि घोटाला

३३ मेगा वाटको चमेलिया आयोजनामा ठेकेदार कम्पनीसँग भएको सहमति विपरित मन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङले आरसीसी आर्क ब्रीज बनाउने सहमतिलाई उल्ट्याएर स्टीलको आर्क ब्रीज बनाउने सहमति दिएको खुलासा भएको छ । चमेलियाको यो विषय अध्ययन गर्न माओवादी निकट रामलाल तुलाधरको संयोजकत्वमा समिति पनि बनेको थियो । तर नियम विपरितको काम भएको पाएपछि आफू फस्ने डरले बोर्ड सदस्य समेत रहेका तुलाधरले पदबाट राजीनामा दिएका थिए ।

तुलाधर नभएको बेला बैठक डाकेर सदस्यहरूले आरसीसी ब्रीजको स्थानमा स्टिल ब्रीज बनाउने अनुमति दिएका थिए । संयोजक तुलाधरले हस्ताक्षर नगरे पनि चिनियाँ कम्पनीले नियम विपरितको काम गरिरहेको छ । यसलाई बैधानिकता दिन उर्जामन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङ सक्रिय रहेको स्रोतले जनाएको छ ।

1 2 3 4 5