१९ कार्तिक २०८३, बिहिबार

संविधानलाई आसेपासेहरुले सहिद बनाउन खोजे: एमाले सचिव गुरुङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prithisubba

– नवराज श्रेष्ठ

रामेछाप, २० मंसिर । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनको प्रताव समस्या समाधान गर्न नभै समस्या विस्तार गर्न ल्याएको बताएका छन् ।

उनले नेकपा एमालेको त्याग तपस्या र वलिदानबाट ल्याएको संविधान आसेपासेहरुले सहिद बनाउनु खोजेको आरोप समेत लगाए । एमाले रामेछापले सदरमुकाम मन्थलीमा सोमबार आयोजना गरेको संविधानको कार्यन्वयनका लागि जनपरिचालन अभियान २०७३” को अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जन्माउनेको हुर्काउने जिम्मा भएकाले संविधानकोे रक्षा गर्ने अबिभारा एमालेकै भएको बताए । उनले अफ्ठ्यारो बाटो हिडेर बनाएको संविघान बाह्य शक्तिले फुटाउन खोजेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले संसदमा ३० प्रतिशत भन्दा बढी हिस्सा भएको एमालेलाई अलग्यायर दश प्रतिशतको माग पुरा गर्न खोज्नु समस्या निम्त्याउनु मात्र हो भने । उनले संविधान संसोधन प्रस्ताव नेपाली जनताको नभै अरु कसैको माग पुरा गर्न ल्याईएको कुरा सरकारको क्रियाकलापले प्रष्ट भैसकेको बताए ।

संविधान संसोधन प्रस्ताव विधि र प्रक्रिया अनुसार नभएको जिकिर गर्दै उनले नदुखेको टाउको दुखाउनु खोजेकाले कुनै पनि हालतमा यो प्रस्ताव पास नहुने बताए ।

कार्यक्रममा बैकल्पिक केन्द्रिय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज देवशंखर पौडेलले अरु पार्टी च्याखि थाप्ने खालको रहेको भन्दै आउने चुवावमा एमालेको चुनौती नेपाली काङ्ग्रेस मात्र भएको बताए । उनले तिनै तहको चुनावलाई इङिकत गर्दै अबको निर्वाचनमा एमाले पहिलो पार्टी हुने बिश्वास ब्यक्त गरे ।

“राष्ट्रियता एकता समृद्धि र स्वाभिमान, संविधानको कार्यन्वयन एमालेको अभियान” नारा सहित सुरु भएको अभियान चार महिना सम्म चल्ने बताइएको छ । कार्यक्रमलाई जिल्ला कमिटी अध्यक्ष शान्तिप्रसाद पौडेल, उपाध्यक्ष प्रेम तामाङ, सांसद कमला सुवेदी लगाएतले बोलेका थिए ।