काठमाडौं, २० मंसिर । राप्रपा अध्यक्ष कमल थापाले निजगढ—काठमाडौं द्रुत मार्ग (फास्ट ट्रयाक) र निजगढ विमानस्थल निर्माण तत्काल सुरु हुनुपर्ने बताएका छन् ।
फास्ट ट्रयाक र विमानस्थल मुलुको आर्थिक रुपान्तरणको मेरुदण्ड भएको चर्चा गर्दै नेपाल सरकारले आफ्नै साधन स्रोतका यो काम सम्पन्न गर्नु पर्नेमा जोड दिए यो काममा तदारुकताको अभाव भएकोले दबाव आवश्यक भएको पनि थापाले बताए ।
फास्ट ट्रयाक र विमानस्थल निर्माणमा आफ्नो र आफ्नो पार्टीको पुर्ण समर्थन र ऐक्यबद्धता भएको बताउदै थापाले प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको योजना तत्काल शूरु गरी चाडो भन्दा चाडो सम्पन्न गर्नु पर्ने बताए ।

निजगढ–काठमाडौं द्रुत मार्ग र निजगढ विमानस्थल निर्माण संर्घष समितिले बुझाएको ज्ञापन पत्र बुझ्दै थापाले सरकार र संसदमा सशक्त आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे ।
१७ गते निजगढ बाट पैदल हिडेको ६१ सदस्य प्रतिनिधि मण्डल २० गते काठमाडौं आईपुगेको हो । संघर्ष समितिका अध्यक्ष रविराज दंगालले ज्ञापन पत्र बुझाएका थिए ।












प्रतिक्रिया