महेन्द्रनगर, २० मंसिर । कञ्चनपुर उद्योग बाणिज्य संघमा दुई सदस्य मनोनित भएका छन् ।
संघका अध्यक्ष सुरेश रावलले व्यवसायी निरञ्जन प्रसाद भट्ट र आशेफ कुँवर ‘भुन्टु’लाई आइतबार सदस्यमा मनोनित गरेका हुन् ।
संघको निर्वाचन गत वर्ष पुसमा भएको थियो । निर्वाचन गरिएको एक वर्षपछि अध्यक्षले दुई सदस्य मनोनित गरेका छन् । दुबै जनालाई आइतबार नै मनोनित गरिएको चिठी पठाइएको छ ।
संघको विधान अनुसार अध्यक्ष दुई र कार्य समितिले चार सदस्य मनोनित गर्न पाउने व्यवस्था छ । संघको तीन वर्षे कार्यकाल हुने गरेको छ ।
मनोनित सदस्यमा भट्ट निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष र कुँवर युवा व्यवसायी हुन् ।
गत वर्ष पुसमा भएको अधिवेशनबाट रावल अध्यक्षमा निर्वाचित भएका थिए । संघका महासचिव दिपेन्द्र प्रकाश साउँदले अध्यक्षको कोटाका दुई सदस्य मनोनित गरेको बताए ।
















प्रतिक्रिया