मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले आत्महत्याको प्रयास गरेको खबर अहिले भाइरल भइरहेको छ । भारतीय मिडियासँगै नेपाली सञ्चारमाध्यममा पनि ऐश्वर्याले आत्महत्या प्रयास गरेको समाचार आइरहेको छ ।
अमिताभ बच्चनकी बुहारी ऐश्वर्याले पछिल्लो फिल्म ‘ऐ दिल है मुस्किल’ मा दिएको हट सीनले परिवारसँग मनमुटाव भएपछि निद्रा लाग्ने औषधि ओभरडोज सेवन गरेर आत्महत्याको प्रयास गरेको समाचारमा उल्लेख छ ।
यतिसम्मकी बच्चन परिवारले ऐश्वर्याको हालत देखेर डाक्टरलाई तुरुन्त फोन गरेर बोलाएको र मिडियाबाट बच्नका लागि घरमै उनको उपचार घरमै गरिएकोसम्म आएको थियो ।
तर, भारतको प्रमुख पत्रिका नवभारत टाइम्सले यो खबरलाई झुटो र बकवास भनेको छ । र, ऐश्वर्याले कुनै सुसाइडको प्रयास नगरेको र स्वस्थ रहेको जनाएको छ । ‘ऐश्वर्या आजभोलि फिल्म ‘ऐ दिल है मुश्किल’को सफलता सेलिब्रेट गरिरहेकी छन् र आफ्नो परिवारसँग क्वालिटी टाइम विताइरहेकी छन् ।’ समाचारमा भनिएको छ ।















प्रतिक्रिया