– शिवलाल सुवेदी
गुल्मी २० मसिंर, संविधान संशोधन प्रस्तावमा गरिएको सीमांकन हेरफेरको विरोध गर्दै गरिएको आन्दोलन गुल्मीमा आज पनि जारी रहेको छ । आन्दोलन जारी राखेको छौठौं दिन आज सबैभन्दा बढी गुल्मेलीहरुको सहभागिता रहेको छ ।
आन्दोलनकारीहरु विगत ६ दिनदेखि गुल्मीको सदरमुकाम तम्घास लगायत अन्य प्रमुख ब्यापारीक क्षेत्रहरुमा सुरु भएको आन्दोलन र प्रदर्शन गुल्मीमा दिनप्रंतिदिन चर्किदै गएको छ । आन्दोलनको आज छैटौं दिन सदरमुकाम तम्घासका बिभिन्न स्थानहरुमा आन्दोलनकारीहरु जम्मा भएर प्रदर्शन गदै सदरमुकाम तम्घास बजार परिक्रमा गरेका छन । उनीहरुले संविधान संशोधनमा पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई तराईसँग अलग गराएर चार नम्बरमा समावेश गर्न पाईदैन भन्ने मुल नारा बनाएर नारावाजी गरिरहेका छन ।
जिल्ला प्रशासन कार्यलय गुल्मी अगाडि लाकुरी मञ्चमा जम्मा भएर प्रर्दशन गदै आन्दोलनकारीहरुले नयाँ बजार, पुतली बजार, पुरानो बजार, क्याम्पस रोड हुलै बालमन्दिरमा आएर सभामा परिणत भएका छन ।
संविधान संशोधनको प्रस्ताव आफूहरु स्वीकार्य नभएको भन्दै नेपाली कांग्रेस नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा माले, अखण्ड नेपाल पार्टी, परिवार दल, नयाँ शक्ति पाटी लगायतका सम्पूर्ण राजनीतिक दलका नेता तथा कार्यकताहरु, बिभिन्न सघं सस्था, पत्रकार, कलाकार नागरिक समाज लगायतको सहभागी रहेका छन् ।
आन्दोलनलाई प्रतेक दिन थप सशक्त वनाउनका लागि नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठको संयोजकत्वमा नौ सदश्यीय आन्दोलन परिचालन समितिको समेत गठन गरेका छन् । आन्दोलनका कारण जिल्लाको जनजीवन समेत प्रभावित बन्दै गएको छ । संविधान संशोधनको प्रस्ताव सरकारले फिर्ता नलिदासम्म आन्दोलन जारी राख्ने आन्दोलनकारीको भनाइ छ ।
यता जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख प्रहरी उपरिक्षक भोला रावलका अनुसार आन्दोलन शान्तिपूर्ण रहेको जानकारी दिए आन्दोलनलाई ध्यान दिदै सुरक्षा व्यवस्था भने कडा पारिएको उनले बताए ।















प्रतिक्रिया