काठमाडौं, २० मंसिर । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले भारतीय राजदूतलाई आफ्नो पदीय मर्यादामा बस्न आग्रह गरेका छन् ।
संयुक्त युवा विद्यार्थीद्धारा लैनचौरस्थित भारतीय दूतावास घेराउ तथा विरोधसभामा बोल्दै पहारीले नेपालको अस्मिता र राष्ट्रियमाथिको हस्तक्षेप अब सैह्य नहुने चेतावनी दिए ।
‘नेपालको आन्तरिक मामिलामा भारतीय राजदूतले अस्वभाविक हस्क्षेप गरिरहेका छन् । उनी एउटा देशको कर्मचारी हुन् । कर्मचारीको हैसियतमा बस्नुपर्छ,’ पहारीले भने– ‘मधेसी नेता भेट्ने, भोजभतेर गर्ने कदम संविधान विपरित छ । यदि उनी पदीय हैसियतभित्र रहेन भने घोक्रेठ्याक लगाएर निकाल्छौं ।’
अध्यक्ष पहारीले नेपालको अस्मिता र राष्ट्रियमाथि भारतले धावा बोलिरहेकाले आफूहरु सडकमा उत्रिन बाध्य भएको समेत बताए ।
९० प्रतिशत जनताका प्रतिनिधिले बनाएको संविधान स्वागत नगर्ने तर, केही स्वार्थमा मधेसीका लागि भनेर सरकारले ल्याएको संशोधनमा प्रस्तावको विज्ञप्ति निकालेरै स्वागतको गर्नुको रहस्य के त ? भन्दै पहारीले भने- ‘यो त पुरै भारतको निर्देशनमा संशोधन प्रस्ताव आएको रहेछ भन्ने पुष्टि भयो ।’
‘मधेसीलाई उचालेर जसरी भारतले नेपालको स्वाधिनता र राष्ट्रियतामा जसरी हस्तक्षेप गरिरहेको छ । भारतमा पनि विभिन्न जातजाति छन् तिनीहरुलाई छुट्ट राज्य भारतले दिनुपर्छ । जस्तै मुश्लिम छन् उनीहरुलाई छुट्टै राज्य दिनुपर्यो भने सक्छ भारते’ भन्दै पहारीले भारतीय दूतावासअगाडि आक्रोश पोखे ।













प्रतिक्रिया