१ कार्तिक २०८३, आइतबार

तमिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात, अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jayalalitha1नयाँदिल्ली, २० मंसिर । भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री जे. जयललितालाई हृदयघात भएको छ । विभिन्न समस्याका कारण अस्पताल भर्ना भएकी जयललितालाई उपचारकै क्रममा हृदयघात भएको जनाइएको छ ।

उनलाई आइतबार साँझ हृदयघात भएको हो । अस्पतालमा उपचाररत जयललिताको स्वास्थ्य अवस्था गम्भीर रहेको सहयोगीहरूले बताएका छन् ।

jaya1अपोलो अस्पतालले वक्तव्य जारी गरेर भनेको छ, ‘तमिलनाडुकी मुख्यमन्त्री जसको अपोलो अस्पतालमा उपचार भइरहेको छ, उहाँलाई आइतबार साँझ हृदयघात भएको छ ।’

६८ वर्षीया जयललितालाई हृदयघात भएको खबर पाउनेवित्तिक चेन्नईस्थित अपोलो अस्पतालको परिसरमा शुभेच्छुकहरूको ठूलो भीड जम्मा भएको थियो । – एजेन्सी